दुईवटा मूर्ति चोरी गर्ने पक्राउ

सोलुखुम्बु, २३ भदौ । मूर्ति चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरको दुईवटा मूर्ति चोरी गर्ने एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् ।

सोमबार दिउँसो साढे १२ बजे मन्दिरबाट दुईवटा सिंहको मूर्ति चोरी भएको थियो । मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ स्थित एक होटलबाट उनले चोरी गरी लगेको मूर्तिसहित पक्राउ गरेको हो ।

Loading...