Rumpum

Rumpum Advertisement

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

विराटनगर, २३ भदौ । प्रदेश १ सहित मुलुकका विभिन्न पाँचवटा प्रदेशमा मंगलबार (आज) भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको हो । मौसम सामान्यतया बदली भई अहिले यिनै प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मंगलबारराति पनि यही अवस्था रहने उनीहरुको भनाइ छ ।

अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दामाथि र नेपालभन्दा दक्षिण तर्फ रहेसँगै स्थानीय वायुको पनि प्रभाव रहेकाले मौसम बदली भएर वर्षाको सम्भावना रहेको जनाइएको छ ।