Rumpum

Rumpum Advertisement

नर्वेको फराकिलो जित, हालाण्डको दुई गोल

नर्वेको फराकिलो जित, हालाण्डको दुई गोल

एजेन्सी, २३ भदौ । यूईएफए नेशन्स लिगमा नर्वेले फराकिलो जित निकालेको छ । सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा नर्वेले नर्दन आयरल्याण्डमाथि ५–१ गोलको जित निकालेको हो ।

वाइन्डर पार्कमा भएको खेलमा नर्वेलाई जिताउन इयर्लिङ ब्राउट हालाण्ड र एलेक्जनेन्डर सोर्लथले समान २–२ गोल गरे भने मोहम्मद इलियोनोस्सीले एक गोल गरे । आयरल्याण्डका पाड्डी एमसीनेरले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै इलियोनोस्सीले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर, एमसीनेले छैटौं मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा आयो ।

सातौं मिनेटमा हालाण्डले गोल गर्दै पुनः नर्वेलाई अग्रता दिलाए । १९औं मिनेटमा सोर्लथले गोल गरेपछि नर्वेले ३–१ गोलको अग्रता बनायो ।

खेलको ४७औं मिनेटमा सोर्लथले गोल गर्दै नर्वेलाई ४–१ गोलको अग्रता दिलाउँदा हालाण्डले ५८औं मिनेटमा गोल गर्दै ५–१ गोलको जित दिलाए ।

यससँगै नेशन्स लिगमा नर्वेले पहिलो जित निकालेको छ । यसअघि पहिलो खेलमा ऊ अष्ट्रियासँग २–१ गोलले पराजित भएको थियो ।

गए राति नै भएको अर्को खेलमा सोही समूहको रोमानियाले अष्ट्रियालाई ३–२ गोलले हरायो ।