Rumpum

Rumpum Advertisement

वीरगञ्जमा संक्रमित पुरुषको मृत्यु

वीरगञ्जमा संक्रमित पुरुषको मृत्यु

विराटनगर, २३ भदौ । वीरगञ्जमा बाराका कोरोना संक्रमित ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

बाराको महागढीमाई नगरपालिका १० का पुरुषको सोमबार राति १० बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । गत भदौ १४ गते पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप समस्या भएपछि उनलाई त्यही दिन उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयरमा भर्ना गरिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।