रियलका रोड्रिग्वेज एभर्टनमा

एजेन्सी, २३ भदौ । रियल मड्रिडका स्टार मिडफिल्डर जेम्स रोड्रिग्वेज एभर्टनमा अनुबन्धित भएका छन् । मंगलबार एभर्टनले कोलम्बियन स्टार रोड्रिग्वेजलाई रियलबाट अनुबन्धन गरेको जानकारी दिएको छ ।

एभर्टनले २९ वर्षीय रोड्रिग्वेजलाई २२ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो । उनले एभर्टनसँग जुन २०२२ सम्मको सम्झौता गरेका छन् ।

सन् २०१४ को विश्वकपमा गोल्डेन बुट जितेपछि मोनाकोबाट रियलमा अनुबिन्धत भएका उनी पछिल्लो समय भने सान्टियागो बर्नाबेउमा स्थान पाउन संघर्षरत थिए । यसैले उनी रियलबाट बाहिर निस्कने मनसायमा थिए ।

उनले गत सिजन रियलबाट मात्र १४ खेल खेल्न पाए । रोड्रिग्वेज र रियलबीच सम्झौता एक वर्ष बाँकी रहेको थियो ।

Loading...