कोरोना कहरः जोखिममा प्रहरी

विराटनगर, २३ भदौ । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ ।

सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले नेपाल प्रहरीको कर्तव्य नै आफू जोखिममा परेर पनि देश र जनताका पक्षमा सावधानी अपनाएर खटिनुरहेको बताए । ‘अहिलेको अवस्थामा संक्रमणको जोखिम प्रहरी संगठनमा बढी छ । गाडी, बाटो, भीड, दुर्घटना तथा रेस्क्युमा पहिले प्रहरी नै पुग्नुपर्छ, त्यहाँ संक्रमण कसलाई छ या छैन, हेरिँदैन । पहिले काममा ध्यान दिइन्छ, त्यो कर्तव्य हाम्रो हो,’ प्रहरी प्रवक्ता कडायतले भने ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबारसम्ममा नेपाल प्रहरीका २ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ । आजको राजधानी दैनिकमा समाचार छ

Loading...