गर्भावस्थामा लिइने एन्टीडिप्रेसन्टका कारण बच्चालाई अटिजम हुने जोखिम दुई गुणा बढी

विराटनगर, २२ भदौ । गर्भावस्थामा लिइने केही सामान्य एन्टीडिप्रेसन्टहरूका कारण जन्मेको बच्चालाई अटिजम हुने जोखिमको दुई गुणा बढी सामना गर्नुपर्ने हुनसक्छ ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएशन पेडियाट्रिक्समा रहेको यो अध्ययन १ लाख ४५ हजारभन्दा बढीमा गर्भवती महिलाहरूमा आधारित छ । अन्वेषणकर्ताहरूका अनुसार अन्तिम गर्भावस्थाको समय ९भ्रुणमा दिमागको विकासको लागि महत्त्वपूर्ण समय० मा महिलाहरूले गर्भावस्थामा एन्टीडिप्रेसन्ट औषधि सेवन गरे ओटिजमको ८७ प्रतिशत बढी जोखिम हुन्छ ।

अध्ययनले गर्भावस्थाको दोस्रो वा तेस्रो त्रैमासिकको समयमा सेरोटोनिन भएको एन्टीडिप्रेसन्ट लिँदा बच्चाको ७ बर्ष उमेरमा अटिजमको पहिचान हुने जोखिम झन्डै दोब्बर हुने पत्ता लगाएको मोन्ट्रियल विश्वविद्यालयमा गर्भावस्थाको समयमा औषधि सुरक्षाको विज्ञ तथा मुख्य लेखक अनिक बेरार्डले बताएका छन् ।

गर्भावस्थाको अन्तिम चरणमा बच्चाहरूमा अटिजम हुने ८७ प्रतिशत बढी जोखिम भएपनि पहिलो चरणमा एन्टीडिप्रेसन्टको सेवनले केही परिवर्तन भने देखिएको थिएन ।

जेनेटिक्स र वातावरणले भूमिका निर्वाह गर्ने हुँदा वैज्ञानिकहरूले अझै पनि पूर्ण रूपमा अटिजम हुने कारण बुझ्न सकेका छैनन् ।

बच्चा र किशोर मनोरोगका प्राध्यापक एमिली सिमोनोफले यसबारेमा थप अध्ययन हुनु पर्ने बताएकी छन् । सेरोटोनिन भएको एन्टीडिप्रेसन्ट लिने सबै गर्भवती महिला तथा गर्भवती हुने सोच बनाएका महिलाहरू आफ्ना डाक्टरसँग यसबारेमा राम्ररी बुझ्नु पर्ने हुन्छ ।

Loading...