‘कालो पोथी’का निर्देशक भामले बहूपति प्रथामा फिल्म बनाउने

विराटनगर, २२ भदो । चर्चित अन्तर्राष्ट्रिय चलचित्र अवार्ड ओस्कारबाट सम्मानित नेपाली चलचित्र ‘कालो पोथी’का निर्देशक मीनबहादुर भामले कर्णालीमै अर्को चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

नयाँ चलचित्रको सामुदायिक अध्ययनका लागि हुम्ला पुगेका निर्देशक भामले हुम्लाको सदरमुकाम सिमकोटमा प्रयत्न नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।

आफूले निर्माण गर्ने नयाँ चलचित्रको विषयवस्तु हिमाली क्षेत्रका लामा समुदायमा प्रचलित बहुपति प्रथामा आधारित हुने उनले बताए । तिब्बतीयन संस्कृति र त्यसमा भएको बहुपतिप्रथाको भित्रि पाटोलाई लिएर अबको चलचित्र निर्माण गर्ने योजना बनाएको भामको भनाइ छ ।

Loading...