मेस्सी किन्ने विचारमा पीएसजी

एजेन्सी, २२ भदौ । फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेल निर्देशक लियोनार्दोले क्लब अर्जेन्टिनी स्टार लियोनल मेस्सी किन्ने मनसायमा रहेको खुलासा गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा लियोनार्दोले पीएसजी बार्सिलोनाका कप्तान मेस्सी अनुबन्ध गर्ने विचारमा रहेको खुलासा गरेका हुन् । मेस्सीले बार्सिलोना छोड्ने घोषणा गरेका बेला पीएसजीले उनलाई भित्र्याउने विचार गरेको उनको भनाइ छ ।

३३ वर्षीय मेस्सीले २५ अगस्टमा क्लब छोड्ने घोषणा गरेका थिए । तर, त्यसको ११ दिनपछि उनी क्पाप नोउमै बस्ने मनसायमा फर्किए । सोमबार (आज) मध्याह्नबाट उनी बार्सिलोनाको प्रशिक्षण मैदान फर्किसकेका छन् ।

सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले बार्सिलोना छोड्ने घोषणा गर्दा आफूहरूले मेस्सी अनुबन्ध गर्ने मनसाय बनाएको लियोनार्दोले बताएका छन् । ‘जब मेस्सीले क्लब छोड्ने चाहना व्यक्त गरे तब हामीले उनलाई भित्र्याउनेबारे सोचेका थियौं’, लियोनार्दोले ‘क्यानल प्लस’ नामक मिडियासँगको कुराकानीमा भने ।

‘हामीले उनको सम्भावित अनुबन्धका बारेमा कुरा गरेका थियौं । उनी जस्ता खेलाडीको क्लबलाई खाँचो छ’, उनले थपे ।

Loading...