Rumpum

Rumpum Advertisement

‘अर्को वर्ष कुनैपनि हालतमा टोकियो ओलम्पिक हुन्छ’

‘अर्को वर्ष कुनैपनि हालतमा टोकियो ओलम्पिक हुन्छ’

एजेन्सी, २२ भदौ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उपाध्यक्ष जोन कोट्सले अर्को वर्ष कुनैपनि हालतमा टोकियो ओलम्पिक हुने बताएका छन् । उनले त्यो बेला कोरोना महामारी भए–नभएपनि टोकियो ओलम्पिक तोकेको मितिमा हुने दाबी गरेका हुन् ।

कोरोनाका कारण एक वर्ष सरेको टोकियो ओलम्पिक त्यो मितिमा पनि हुने नहुनेमा शंका नै रहेको छ । तर आईओसीका उपाध्यक्ष जोनले २०२१ मा जुन मितिमा ओलम्पिक हुने भनेको छ, त्यही समयमा भएरै छोड्ने उनले बताए ।

टोकियो ओलम्पिकका लागि आईओसीले बनाएको कोर्डिनेसन कमिटीका संयोजकसमेत रहेका जोनले आगामी जुलाई २३ बाट ओलम्पिक सुरु हुने जानकारी गराए ।

टोकियो ओलम्पिक एक वर्ष सर्दा ५६ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको बताइएको छ । यसका साथै २० करोड भारतीय रुपैयाँ खर्च बढेको छ ।