काठमाडौं उपत्यकामा सोमबार थप ३२६ जनामा कोरोना पुष्टि

काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा सोमबार थप ३२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका २९३ जना, ललितपुरका २० जना र भक्तपुरका १३ जना रहेका छन् ।

Loading...