Rumpum

Rumpum Advertisement

विराटनगरमा एक साता थपियो निषेधाज्ञा, साँझ ७ बजेसम्म बजार खुल्ने

विराटनगरमा एक साता थपियो निषेधाज्ञा, साँझ ७ बजेसम्म बजार खुल्ने

विराटनगर, २२ भदौ । जिल्ला प्रशासन कार्यालय मोरङले खुकुलो प्रावधानसहित मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरेको छ ।

सोमबारबाट लागू हुनेगरी जिल्लाभरि २८ भदौसम्म निषेधाज्ञा थप गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार विराटनगरसहित बजारहरूमा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर साँझ ७ बजेसम्म खुला गर्न पाइनेछ ।

साेमबारसम्म दिउँसो ४ बजेसम्म मात्र बजार खोल्न पाउने नियम थियो । जिल्लाभर सार्वजनिक सवारी साधनमा लागेको प्रतिबन्ध भने यथावत छ ।

निजी सवारी सञ्चालनका लागि यसअघि लाग्दै आएको जोर-बिजोर प्रणाली हटेको छ ।

सिटी सवारी सञ्चालनमा भने जोर-बिजोर नियम लागू गरिएको छ । दुई जना मात्र यात्रु बाेक्न पाउनेगरी सिटी सफारीमा जाेर-बिजाेरकाे नियम लागू भएकाे हाे ।

निषेधाज्ञा अवधिभर व्युटीपार्लर, सिनेमा हल, जिम खाना, सैलुन बन्द हुनेछन् । होटल तथा रेष्टुरेन्टमा ‘टेक अवे’ नियम लागू गरिएको छ ।