बर्नमाउथका स्ट्राइकर विल्सन न्यूकासलमा

एजेन्सी, २२ भदौ । इंग्लिस क्लब न्यूकासल युनाइटेडले बर्नमाउथका स्ट्राइकर कालुम विल्सनलाई अनुबन्ध गरेको छ ।

न्यूकासलले सोमबार इंग्लिस खेलाडी विल्सन अनुबन्ध गरेको जनाएको छ ।

२८ वर्षीय विल्सनले न्यूकासलसँग २०२४ सम्मको सम्झौता गरेका छन् । खबरका अनुसार न्यूकासलले प्रतिद्वन्द्वी क्लब बर्नमाउथका फरवार्डलाई २० मिलियन युरोमा अनुबन्ध गरेको हो ।

Loading...