हिमालय टिभीमा २ असोजबाट ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रशारण हुँदै

विराटनगर, २२ भदौ । ‘डान्सिङ विथ दि स्टार्स’को नेपाली संकरणको प्रशारण २ असोजबाट हुने भएको छ ।

सेलिब्रिटीहरूको डान्स रियालिटी शो हिमालय टेलिभिजन एचडीबाट शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि प्रशारण हुने भएको छ । लकडाउनअगाडि नै यो शोको घोषणा भए पनि कोरोनाका कारण शोको छायांकन हुन सकेको थिएन । कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले सरकारले तय गरेको सुरक्षा मापदण्डको पालना गर्दै प्रशारणको तयारीमा जुटेको जानकारी दिएका हुन् ।

शोमा विभिन्न क्षेत्रमा नाम कमाएका १२ जना स्टारले एउटा कोरियोग्राफरसंग जोडी बनाएर नृत्य गरी डान्सको प्रतिस्पर्धा गर्नेछन् । शोमा गायिक ज्योती मगर, श्रृष्टी केसी, नेपाल आइडल बिजेता बुद्ध लामा, हास्यकलाकार उमेश राई, रक्षा श्रेष्ठ, कलाकार प्रशान्त ताम्राकार, सुमी मोक्तान, पूजा ठाकुर टिकटककी दीपा दमन्ता, पूर्व फुटबल कप्तान हरि खड्का र बालकालाकार दिवान्सी बैद्धवार छन् ।

२६ श्रृंखला रहने शोमा हरेक साता दर्शकहरूको भोट र निर्णायकहरूको मूल्यांकनका आधारमा एकजना आउट हुनेछन् । बिजेताले कुल २० लाख नगदसहित अन्य पुरस्कार प्राप्त गर्ने छन् । शोको प्रिमियर शोको छायांकन सकिएको छ । प्रिमियर शोमा महानायक राजेश हमाल अतिथिको रुपमा उपस्थिति भएका छन् ।

‘डान्सिङ विथ दि स्टार्स नेपाल’मा निर्णायकको रुपमा नायक दीलिप रायमाझी, नायिका गौरी मल्ल र कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई रहेका छन् ।

Loading...