जन्मदिनमा मेयर ढकालले गरे वृक्षारोपण र खाद्यान्न तथा कपडा वितरण

सुन्दरहरैंचा, २२ । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो जन्मदिनमा विभिन्न स्थानमा वृक्षारोपण तथा नगरबासीलाई खाद्यान्न र लताकपडा वितरण गरेका छन् ।

सोमबार आफ्नो ४४औं जन्मदिनको अवसर पारेर नगरप्रमुख ढकालले सुन्दरहरैंचा–५ स्थित वृन्दावन गौशालामा विभिन्न जातका फलफूलका बिरुवा रोपेका थिए । यस्तै गौशालामा खाद्यान्न साथै डस्टबिन वितरण गरे ।

उनले त्यहाँ ४४ जनालाई खाद्यान्न वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवासमेत रोपेका थिए ।

यसैगरी सुन्दरहरैंचा–९ मा रहेको सिराजुल उलुङ माविमा उनले अति विपन्न मुस्लिम समुदायका नागरिकलाई लता कपडा र फलफूल वितरण गरे । सोही वडामा रहेको श्रीकृष्ण मन्दिर बाल सेवा आश्रमलाई समेत विभिन्न सामाग्री दिने घोषणासमेत गरेका छन् ।

Loading...