Rumpum Advertisement

रातो मत्स्येन्द्रनाथ यात्राको साइत जु¥यो

रातो मत्स्येन्द्रनाथ यात्राको साइत जु¥यो

काठमाडौं, २२ भदौ । रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ ।

सोमबार पाटन मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मति लैजाने निर्णय भएको हो ।

ज्योतिष कृतिकिरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको बताए । यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मूर्तिलाई बुङमती पु¥याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए ।

वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड १९ महामारीका कारण रोकिएको थियो । लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमतिविना रथ तानेका थिए । त्यसलगत्तै स्थानीय युवाहरु र प्रहरीबीच झडपसमेत भएको थियो । युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पु¥याएका थिए । त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमापूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याएका थिए ।