शरीरमा मृत भाइरस भए पनि पीसीआर रिपोर्ट पोजेटिभ आउन सक्छ

विराटनगर, २२ भदौ । कोरोना भाइरसको पहिचान गर्न प्रयोग गरिने मुख्य परीक्षण (पीसीआर) ले पुरानो संक्रमणबाट मृत भाइरसको टुक्रा टिप्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

धेरै व्यक्तिहरू केवल एक हप्ताका लागि मात्र संक्रामक हुन्छन्, तर पनि पटक–पटकको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आउन सक्छ । पीसीआर परीक्षण विधिमा अध्ययन गर्न सजिलोका लागि भाइरसको आनुवंशिक सामग्री प्रबद्र्धन गर्न रसायन प्रयोग गर्छ । तर, कोरोना भाइरस टेस्ट गर्दा रिपोर्टमा शरीरमा भाइरस भए पोजेटिभ र नभए नेगेटिभ भएको परिणाम आाउँछ ।

नमूनामा कत्ति भाइरस थियो वा सक्रिय संक्रमण हो वा होइन भन्ने कुराको कुनै संकेत हुँदैन । सक्रिय भाइरसको ठूलो मात्रा बोक्ने र निको भइसकेर शरीरमा मृत भाइरसको केही टुक्रामात्र बाँकी भए पनि व्यक्तिको परीक्षण गर्दा पोजेटिभ परिणाम प्राप्त हुन्छ ।

अध्ययनका लेखक प्रोफेसर कार्ल हेनेघनका अनुसार कुनै भाइरस पत्ता लागेको छ कि छैन भन्ने आधारमा हो वा होइन नतिजा दिनुको सट्टा परीक्षण विधिमा एक कट अफ पोइन्ट हुनुपर्छ जसले गर्दा शरीरमा मृत भाइरस भए पनि पोजेटिभ रिपोर्ट आउँदैन । अन्वेषकहरूका अनुसार यसले पुरानै भाइरसको पहिचान हुने कारण अस्पतालमा भर्ना भएका स्थीर बिरामीहरूको संख्या किन बढिरहेको छ भनेर वर्णन गर्न सक्छ ।

अक्सफोर्ड युनिभर्सिटी अफ सेन्टर फर एभिडेंस बेस्ड मेडिसिनले २५ अध्ययनहरूबाट प्रमाणहरूको समीक्षा गरेपछि परीक्षणका लागि भाइरल कल्चरको विधिले प्रजनन र प्रसार गर्न सक्ने सक्रिय भाइरस तथा प्रयोगशालामा वा कुनै व्यक्तिमा नबढ्ने मृत भाइरसको टुक्रालाई पत्ता लगाउन सक्ने देखाएको छ ।

Loading...