Rumpum

Rumpum Advertisement

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुग्यो

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुग्यो

विराटनगर, २२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।

सोमबार ११ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार थप ९७९ जनामा कोरोना पुष्टि भएसँगै विभिन्न ३९ प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको परीक्षणमा थप ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितकाे संख्या ४७ हजार २३६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

सोमबार थप ११ जनाकाे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३०० पुगेकाे छ ।