Rumpum

Rumpum Advertisement

कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुग्यो

कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुग्यो

विराटनगर, २२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ पुगेको छ ।

सोमबार थप १७ सय ३६ जना कोरोना जितेर घर फर्किएसँगै संक्रमणमुक्त हुनेको संख्या पुगेको हो ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १७ सय ३६ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये ६५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

सोमबार थप ९७९ जनामा कोरोना पुष्टि भएसँगै विभिन्न ३९ प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको परीक्षणमा थप ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितकाे संख्या ४७ हजार २३६ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २५९ रहेको छ ।

सोमबार थप ११ जनाकाे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३०० पुगेकाे छ ।