Rumpum

Rumpum Advertisement

विराटनगरमा ५१ सहित प्रदेशमा १५५ संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगरमा ५१ सहित प्रदेशमा १५५ संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर, २२ भदौ । विराटनगरमा ५१ सहित प्रदेशमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार १७७ पुगेको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको छ ।

सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीमा १ पुरुष, गढीमा १ महिला १ पुरुषमा संक्रमण देखिएको छ ।

झापाको कनकाईमा ७ महिला ६ पुरुष, विर्तामोड र बाह्रदशीमा १–१ पुरुष, पाँचथरको फिदिममा ६ पुरुष र उदपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दुई जनाको मृत्यु

प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । मोरङको विराटनगर र बुढीगंगाका १–१ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आइतबार दिउँसाे बुढीगंगा गाउँपालिका ४ का ५२ वर्षीय पुरूष र साेमबार बिहान विराटनगर १० का ७६ वर्षीय वृद्धकाे मृत्यु भएकाे हाे । याे सँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

५२ जना डिस्चार्ज

प्रदेश १ मा आज ५२ जना डिस्चार्ज भएका छन् ।

सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १०, विराट मेडिकल कलेज आईसोलेसनबा ५, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८९६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।