‘भूत पुलिस’मा अर्जुन र सैफका साथ ज्याकलिन र यमी

विराटनगर, २२ भदौ । हरर फिल्म ‘भूत पुलिस’मा केही दिनअगाडि मात्र अभिनेता अर्जुन कपुर, सैफअली खान, फातिमा सना शेखको मुख्य भूमिका रहने बताइएको थियो ।

हररसँगै कमेडी कथाबस्तुमा निर्माण हुने फिल्मका लागि अब मुख्य अभिनेत्री पनि फाइनल गरिएको छ । फिल्ममा अभिनेत्री ज्याकलिन फर्नान्डेज र यमी गौतमलाई फाइनल गरिएको भारतीय मिडियाहरूले जनाएका छन् । रमेश तैरानी र अक्साई पुरीको निर्माणमा तयार हुन लागेको फिल्मलाई रागिनी एमएमएसका निर्देशक पवन कृपलानिले निर्देशन गर्ने छन् ।

निर्देशक कृपलानीले गएको वर्ष नै यो फिल्मको घोषणा गरेका थिए । उनले फिल्ममा सैफअली खान, अली फजल र फातिम सना शेखको मुख्य भूमिका हुने जानकारी दिएका थिए । तर, अब फिल्ममा अली फजललाई रिप्लेस गरिएको छ । फिल्ममा अर्जुन र सैफ भूत समात्ने जोडीको रुपमा हुनेछन् ।

महामारीको कारणले लगाइएका प्रतिबन्धहरू कम भएसँगै फिल्मको छायांकन सन् २०२० को अन्तमा सुरु हुने भनिएको छ । फिल्म निर्माताका अनुसार, करिब ८० प्रतिशत छायांकन मुम्बईभन्दा बाहिर सक्ने योजना बनाइएको छ । बाँकी २० प्रतिशत छायांकन मुम्बईमा सेट लगाएर गरिनेछ ।

Loading...