बालबालिकामा पेट दुख्ने, झाडापखाला तथा बान्ता हुने पनि कोरोनाको लक्षण

विराटनगर, २२ भदौ । बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भएमा उनीहरूमा कोरोनाको संक्रमण भएको हुन सक्ने देखाएको छ ।

बेलायतको क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा कारोना भाइरसको लक्षण भएको हुन सक्ने पाइएको हो । यी तीन लक्षणहरू, नेसनाल हेल्थ सर्भिस (एनएचएस) द्वारा सूचीबद्ध नभए पनि बालबालिकाहरूमा मात्र नभएर वयस्कहरूमा पनि तुलनात्मकरूपमा सामान्य रहेको पाइएको छ ।

यस्तै ज्वरो, रुघाखोकी, गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको बेलायतले उल्लेख गरेको छ । झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले यस्तो निष्कर्ष निकालेका हुन् । अनुसन्धानमा सहभागी लहभग १० वर्ष उमेरका ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा कोरोना भाइरस रहेको पत्ता लाग्यो जसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको पाइएको छ ।

६८ मध्ये ३४ जनालाई मात्र कोरोनाको लक्षण देखिएको थियो । २१ जनालाई ज्वरो देखिएको हुँदा कोरोना भाइरस पत्ता लगाउन ज्वरो सबैभन्दा सामान्य संकेत देखियो । तुलना गरेर हर्दा केवल छजना बालबालिकाले आफ्नो गन्ध वा स्वादको भावना हराएको बताएका थिए, जुन एनएचएसद्वारा आधिकारिक लक्षणको रूपमा सूचीबद्ध छ ।

Loading...