दमकमा निषेधाज्ञा खुकुलो बनाइयो

झापा, २२ भदौ । झापाको दमकमा कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो बनाइएको छ ।

नगरपालिकामा आइतबार भएको सर्वपक्षीय छलफलले गत साउन ३१ गते रातिदेखि जारी गरिएको निषेधाज्ञा गए राति १२ः०० बजेबाट खुकुलो बनाएको हो ।

अब बजार तथा वित्तीय संस्था बिहान ७ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म खुला गर्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईँले जानकारी दिए ।

यसअघि निषेधाज्ञा थप्दा बिहान ७ः०० बजेदेखि दिउँसो १२ः०० बजेसम्म बजार खुला गर्ने निर्णय भएको थियो ।

उनका अनुसार अब खुकुलो बनाउँदै अपराह्न ४ः०० बजेसम्म बजार खुल्ला गर्ने निर्णय गरिएको हो ।

Loading...