गण्डकीमा थपिए ७६ कोरोना संक्रमित

पोखरा, २२ भदौ । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोजविन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१, नवलपरासीपूर्वका १५, गोरखाका १८ र तनहुँका तीनजना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ पुरुष छन् । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई-दुई स्टाफ नर्स र सहयोगी छन् । संक्रमित सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

Loading...