राष्ट्रपतिको सञ्चार सल्लाहकारमा टीका ढकाल

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले आफ्नो सल्लाहकारमा सूचना तथा सञ्चार विज्ञ ढकाललाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले पाँचथर निवासी ढकाललाई राज्यमन्त्रीसरहको सेवा–सुविधा पाउनेगरी विज्ञ सल्लाहकार नियुक्त गरेकी हुन् । यसअघि राष्ट्रपतिको सञ्चार पोखराका पत्रकार माधव शर्माले हेर्दै आएका थिए ।

शर्मासहित सुरक्षा सल्लाहकार नेत्र थापा र विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएपछि ढकाल नियुक्त भएका हुन् । ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन् । उनले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्र तथा अमेरिकाबाट द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् ।

Loading...