सिटीका महरेज र लापोर्टेलाई कोरोना संक्रमण

एजेन्सी, २२ भदौ । म्यानचेस्टर सिटीका फरवार्ड रियाद महरेज र डिफेन्डर एम्रिक लापोर्टेलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार क्लबले आफ्ना दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

कोरोना पोजिटिभ देखिएका दुवै खेलाडी सेल्फ आइसोलेसनमा रहेको जनाउँदै सिटीले दुवै खेलाडीमा कोरोनाको लक्षण नभएको उल्लेख गरेको छ ।

सिटी अहिले नयाँ सिजनको प्रिमियर लिगको तयारीमा छ । १२ सेप्टेम्बरबाट सुरु हुन लागेको प्रिमियर लिगको पहिलो खेलमा सिटीले एस्टन भिल्लासँग खेल्नेछ ।

Loading...