Rumpum

Rumpum Advertisement

रुखको हाँगाले लागेर बालकको मृत्यु, काका फरार

रुखको हाँगाले लागेर बालकको मृत्यु, काका फरार

मोरङ, २२ भदौ । मोरङमा रुखको हाँगाले लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । मोरङ धनपालथान–३ चेकाटोल बस्ने विजय ऋषिदेवका ६ वर्षीय छोरा वसिकरण ऋषिदेवको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

सोमबार दिउँसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेवले जंगलबाट रुखको हाँगा ल्याई घरमा राख्ने क्रममा घरको आँगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनी घाइते भएका थिए ।

घाइते बालकको कर्सिया अस्पतालमा उपचारका क्रममा दिउँसो पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सुनिल ऋषिदेव तत्काल फरार रहेकोले उनको खोजी भइरहेको उक्त कार्यालयले जनाएको छ ।