Rumpum

Rumpum Advertisement

नेशन्स लिग : इटाली र नेदरल्याण्ड्स भिड्दै, अन्य सात खेल हुँदै

नेशन्स लिग : इटाली र नेदरल्याण्ड्स भिड्दै, अन्य सात खेल हुँदै

एजेन्सी, २२ भदौ । यूईएफए नेशन्स लिगमा आज आठ खेल हुँदैछन् । समूह चरणको दोस्रो खेलहरूअन्तर्गत आज १६ वटा टोलीहरू प्रतिस्पर्धामा छन् ।

aa

आज साविकको उपविजेता नेदरल्याण्ड्स र इटाली प्रतिस्पर्धामा छन् । यी दुईबीचको खेल नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुँदैछ । नेदरल्याण्ड्सको मैदानमा हुने यो खेलमा घरेलु टोली दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि पोल्याण्डमाथि १–० गोलको जित निकालेको ऊ समूह ‘ए’मा ३ अंकसहित शीर्ष स्थानमा छ । यता, इटाली भने पहिलो जितको खोजीमा छ । अघिल्लो खेलमा ऊ बोस्नियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

सोही समूहका बोस्निया र पोल्याण्ड पनि प्रतिस्पर्धामा छन् । यो खेल राति १२ः३० बजे बोस्नियाको मैदानमा हुनेछ ।

आज हुने अन्य खेलहरूः

  • काजखस्तान भर्सेस बेलारुस–साँझ ७ः४५ बजे
  • इजराइल भर्सेस स्लोभाकिया–राति १२ः३० बजे
  • चेक रिपब्लिक भर्सेस स्कटल्याण्ड–राति १२ः३० बजे
  • अष्ट्रिया भर्सेस रोमानिया–राति १२ः३० बजे
  • नर्थन आयरल्याण्ड भर्सेस नर्वे–राति १२ः३० बजे
  • अल्बानिया भर्सेस लिथुनिया–राति १२ः३० बजे