अर्जुन र मलाइकामा कोरोना संक्रमण, दुबै होम आइसोलेसनमा

विराटनगर, २२ भदौ । बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार उनी स्वयम्ले आफ्नो औपचारिक इन्स्टाग्राममार्फत् आफू संक्रमित भएको र एसिम्प्टोमेटिक भएका कारण होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका हुन् । त्यसको केही घण्टामै अभिनेत्री तथा अर्जुनकी प्रेमिका मलाइका अरोरामा पनि कोरोना संक्रमण देखिएको छ । मलाइकाकी बहिनी अमृता अरोराले मलाईकालाई कोरोना पोजेटिभ देखिएको बताएकी हुन् ।

आइतबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । मलाइका र अर्जुन दुवै अहिले होम आइसोलेसनमा छन् । केही दिनअघि मात्रै मलाइका निर्णायक रहेको डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ का केही क्रु सदस्यहरूमा कोरोना संक्रमण देखिएको थियो ।

केही समय पहिले अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन, जेनेलिया डिसुजालगायतका धेरै कलाकारहरू कोरोनाको संक्रमणबाट निको भइसकेका छन् ।

Loading...