ब्रत बस्दा मधुमेहको जोखिम घटाउन सहयोग पुग्ने

विराटनगर, २२ भदौ । ब्रत बस्दा मधुमेहको जोखिम घटाउन सहयोग पुग्ने अध्ययनले देखाएको छ ।

लगभग १० देखि १२ घण्टा ब्रत बस्दा शरीरले आफूलाई धान्नको लागि अन्य स्रोतहरू खोज्दछ । यसले बोसो कोषहरूबाट खराब कोलेस्ट्रोललाई सोछेर ऊर्जाको रूपमा प्रयोग गर्छ । यस प्राकृतिक प्रक्रियाले मधुमेह हुने खतरालाई कम गर्न मद्दत पु¥याउँछ । यस्तै, अघिल्लो अध्ययनले पनि ब्रत बस्दा प्रतिरोध क्षमतालाई मद्दत पुग्ने संकेतहरू देखाएको थियो ।

अध्ययनले ब्रत बस्दा कोलेस्ट्रोलको स्तर र मोटोपनालाई नियन्त्रणमा राख्न मद्दत पु¥याउने देखएको छ, जसले मधुमेहको जोखिम कम गर्छ । विभिन्न अध्ययनहरूले दिनभर थोरै तर समय समयमा खानाले मधुमेह रोक्न मद्दत गर्छ । युटाको मुर्रेमा रहेको इन्टर्माउन्ट मेडिकल सेन्टर हार्ट संस्थानका प्रमुख अनुसन्धानकर्ता बेन्जामिन होर्नले ब्रत बस्दा मधुमेह हुने सम्भावनालाई हस्तक्षेप हुने बताएका छन् ।

अनुसन्धानकर्ताहरूले ३० देखि ६९ वर्ष बीचका प्री–डायबिटिज पुरुष र महिलालगायतका सहभागीहरूको अध्ययन गरेका थिए । प्रि–डायबिटिज यस्तो अवस्था हो जहाँ मानिसहरूमा रगतमा ग्लुकोजको मात्रा सामान्यभन्दा बढी हुन्छ तर मधुमेहको संकेत गर्नेभन्दा बढी हुँदैन । छ हप्ताको अवधिमा सहभागिहरूमा तौल घटाउनुबाहेक कोलेस्ट्रोलको मात्रा करिब १२ प्रतिशतले घटेको अन्वेषकहरूले पत्ता लगाए ।

खराब कोलेस्ट्रोल ब्रतको क्रममा उर्जाको लागि प्रयोग गरिएको थियो जुन सम्भवतः फ्याट सेल्सबाट आएको हो । फ्याट सेल्स इन्सुलिन प्रतिरोधको प्रमुख अपराधी हुन् जसले मधुमेह निम्त्याउन सक्छ । होर्न र उनको टोलीले ब्रत बसेको दिनमा स्वस्थ व्यक्तिहरूको पनि परीक्षण गर्दा नियमित पानी मात्र पिएर ब्रत बस्दा ग्लुकोजको मात्रा कम हुनुका साथै तौल पनि घटाउने देखयो ।

Loading...