सामाजिक विकास मन्त्रीका स्वकीय सचिवलाई पनि संक्रमण

विराटनगर, २२ भदौ । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका स्वकीय सचिवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको थियो । सोमबार बिहान मन्त्रीका स्वकीय सचिव राम पोखरेललाई संक्रमण पुष्टि भएको हो । पोखरेल मन्त्री घिमिरेसँगै कोरोना संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापनमा खटिएका थिए ।

नेकपा विराटनगर–८ का वडाअध्यक्ष समेत रहेका पोखरेलले वडा नम्बर–८ मा होम आइसोलेसनमा बसेका संक्रमितलाई हौसला प्रदान गर्न घरदैलो अभियान र संक्रमितको घर सेनिटाइज अभियान पनि सञ्चालन गरिरहेका थिए । ‘सामाजिक काममा लागिरहेको थिएँ, हिजो जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो,’ पोखरेलले भने, ‘संक्रमण पोजेटिभ देखिए पनि लक्षण देखिएको छैन ।’

Loading...