गण्डकी प्रदेशमा भेटिए ६७ नयाँ संक्रमित

विराटनगर, २२ भदौ । गण्डकी प्रदेशमा सोमबार बिहान ६७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् ।

जसमा आद्योगिक क्षेत्रका कामदार र स्वास्थ्यकर्मी मात्रै ३१ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदार २५ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ। पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या दुई हजार पाँच सय ९८ पुगेको छ ।

Loading...