विराटनगर, २२ भदौ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ८ः३० बजे उनको मृत्यु भएको हो । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भए पनि पुरुष तीन दिन होटल आइसोलेसनमा बसेका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि भदौ १८ गते उनलाई उपचारका लागि मेडिकल कलेजमा लगिएको हो ।