Rumpum

Rumpum Advertisement

नेशन्स लिग : जर्मनी दोस्रोपल्ट बराबरीमा रोकियो

नेशन्स लिग : जर्मनी दोस्रोपल्ट बराबरीमा रोकियो

एजेन्सी, २२ भदौ । यूईएफए नेशन्स लिगमा जर्मनी र स्वीजरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीजरल्याण्ड र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

स्वीजरल्याण्डको मैदानमा भएको खेलमा जर्मनीका लागि इल्के गुन्डोगानले एक गोल गरे भने घरेलु टोलीका लागि सिल्भम विडमरले एक गोल फर्काए ।

खेलमा जर्मनीले सुरुआती अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई पहिलो हाफभरि अग्रता दिलाएका थिए ।

खेलको ५७औं मिनेटमा विडमरले गोल गरेपछि स्वीजरल्याण्ड खेलमा फर्कियो । र, बाँकी समय गोल हुन नसक्दा दुवै टोलीले बराबरी अंक बाँडे ।

यससँगै जर्मनी दोस्रोपटक बराबरीमा रोकिएको छ । यसअघि जर्मनी स्पेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यससँगै ऊ २ अंकसहित समूह ‘डी’को तेस्रो स्थानमा छ ।

स्वीजरल्याण्ड भने १ अंकका साथ चौथो स्थानमा छ ।

समूह ‘डी’ अन्तर्गत गए राति भएको अर्को खेलमा स्पेनले युक्रेनलाई ४–० गोलले हरायो ।