मेस्सीले घरमै गरे पीसीआर परीक्षण

एजेन्सी, २१ भदौ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले घरमै पीसीआर परीक्षण गराएका छन् । केही समयअघि बार्सिलोनाले कोरोना परीक्षण गराउँदा अनुपस्थित रहेका अर्जेन्टिनी स्टार मेस्सीले आइतबार घरमै परीक्षण गराएका हुन् ।

अब रिपोर्ट नेगेटिभ आएको खण्डमा उनी सोमबार (भोलि)बाट प्रशिक्षण गर्ने योजनामा छन् । यसअघि क्लब छोड्ने निर्णय सुनाएका उनले क्लबबाट कोरोना परीक्षण गर्न अस्वीकार गर्दै प्रशिक्षण नगर्ने जनाएका थिए ।

२५ अगस्टमा क्लब छोड्ने घोषणा गरेका उनी ११ दिनपछि क्पाप नोउमै बस्ने मनसायमा फर्किए । शनिबार क्लब नछोड्ने घोषणा गरेका अर्जेन्टिनी स्टार मेस्सी भोलिबाट प्रशिक्षणमा फर्किने मनसायमा छन् ।

मेस्सीले हालै दिएको एक अन्तर्वार्तामा आफू क्याप नोउमै बस्ने जनाएका थिए । ‘गोल डटकम’सँगको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म बार्सिलोनामा रहन्छु र मेरो मनोवृत्ति परिवर्तन हुँदैन । मैले क्लब र अध्यक्षलाई जान चाहने बताएको थिएँ, मैले हरेक वर्ष यस्तो भन्दै आएको छु ।’

अब, पीसीआर रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनले बार्सिलोनाका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानसँग प्रशिक्षण थाल्नेछन् । बार्सिलोनाले शनिबारबाट प्रि–सिजन थाल्दैछ ।

Loading...