प्रदेशसभा सदस्य श्रेष्ठ कोरोना संक्रमित

कर्णाली, २१ भदाै । कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना सङ्क्रमण भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइतबार प्राप्त रिपोर्टले उनमा सङ्क्रमण देखाएको प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले जानकारी दिए ।

प्रदेशसभा सदस्य श्रेष्ठले स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएका कारण हाल आफू होम आइसोलेशनमा रहेकाे बताए । उनले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ । मसँग कन्ट्याक्टमा रहेका व्यक्तिको टे«सिङ चाँडो गराउन म सङ्क्रमण भएको समाचार आउन जरुरी छ ।”

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ ।

यसअघि जुम्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य सङ्घका अध्यक्ष रजवअलि मनियार, नेकपाका जिल्ला नेता जीवन बुढ्थापा, अधिवक्ता दिलबहादुर महत, महिला अधिकारकर्मी भगवती श्रेष्ठ र एनजिओकर्मी टेकबहादुर रावतलाई पनि कोरोना सङ्क्रमण देखिएपछि चार दिनदेखि आइसोलेशनमा छन् । रासस

Loading...