नेशन्स लिग : वेल्सको लगातार दोस्रो जित

एजेन्सी, २१ भदौ । यूईएफए नेशन्स लिगमा वेल्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको समूह चरणको दोस्रो खेलमा वेल्सले बुल्गेरियामाथि १–० गोलको साघुँरो जित निकालेको हो ।

वेल्सको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन निको विलियम्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्ज्युरी समयमा विलियम्सले जोनी विलियम्सको पासमा गोल गर्दै वेल्सलाई जिताए ।

यससँगै लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’मा रहेको वेल्सले ६ अंक जोडेको छ । यसअघि वेल्सले फिनल्याण्डमाथि पनि १–० गोलको जित निकालेको थियो ।

Loading...