Rumpum

Rumpum Advertisement

नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ

ललितपुर, २१ भदाै । ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई आक्रमणको धम्की दिने एक जनालाई पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्यलाई आज पक्राउ गरिएकाे महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनलाई ज्यान मार्ने धम्की दिएको आरोप छ ।

उक्त घटनापछि फरार हुँदै आएका उनलाई आफन्तकामा लुकिछिपी बसेको अवस्थामा आज साँझ नक्खुबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीसँगै उक्त घटनामा संलग्न १७ जनालाई पक्राउ गरिएको थापाले जानकारी दिए । अझै दुई जना फरार रहेकाले खोजी जारी रहेको जनाइएको छ ।

निषेधाज्ञाको उल्लङ्घन गरी रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा त्यहाँ झडप भएको थियो । सोही क्रममा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

उनीहरूलाई अभद्र व्यवहार र सङ्क्रामक रोग ऐन २०२० अन्तर्गतको मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।