चिनियाँ खोपको तेस्रो परीक्षण ५० हजार जनामा

चिनियाँ खोपको तेस्रो परीक्षण ५० हजार जनामा

एजेन्सी, २१ भदाै । चीनमा बनाइएको कोरोना भाइरसविरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ ।

चिनियाँ अधिकारीहरूले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो ।

कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरुद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरूमा परीक्षण भइरहेको जानकारी गराएको छ ।

चीनमा त्यसबाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।