स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाइनमा

काठमाडौं, २१ भदौ । परिवारमा कोरोना भाइर संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।

छोरालाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्रीसहित स–परिवार नै होम क्वारेन्टाइनमा छन् ।

बैंकमा कार्यरत रहेका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेको सचिवालयले जनाएको छ ।

Loading...