माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा, २१ भदौ । झापामा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको हल्दीबारी–३ जलथल बस्ने ४७ बर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार दिउसो पौने ३ बजे सोही स्थानमा रहेको जुसुडी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Loading...