Rumpum

Rumpum Advertisement

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी, २१ भदौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । आइतबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) खेल तालिका सार्वजनिक गरेको हो ।

१३औं संस्करणको आईपीएलको खेल तालिकाअनुसार उद्घाटन खेलमा साविकको विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् । यो खेल १९ सेप्टेम्बरमा यूएईको अबुधाबीमा हुनेछ ।

कोरोना महामारीका कारण यस सिजनको आईपीएल यूएईमा आयोजना हुने भएका हो । आईपीएल १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म हुने तालिका छ ।

पूरा तालिका यहाँबाट हेर्नुहोला ।