विराटनगरमा मृत्युपछि कोरोना पोजेटिभ

विराटनगर, २१ भदौ । विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर महानगरपालिका–२ तीनपैनीका ७० वर्षीय वृद्धको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

वृद्धलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शनिबार साँझ कोशी अस्पताल लगिएको थियो । उनको राति नै मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए ।

स्वाबको परीक्षण प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मा लगाइएको छ ।

Loading...