धरानमा ७१ सहित प्रदेशमा थपिए १४३ संक्रमित

विराटनगर, २१ भदौ । धरानमा ७१ सहित प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार धरानमा ७१ सहित सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । इटहरीमा ५ महिला र २ पुरुषमा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिलामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको खाँदबारीमा ३, चैनपुरमा २ र चिचिलामा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिर एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । झापाकी १ महिला र विराटनगरका १ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रदेश १ मा आज ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २६७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३१ महिला र ११२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ९८ हजार ४८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Loading...