Rumpum

Rumpum Advertisement

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३५४ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जना रहेका छन् ।