कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुग्यो

विराटनगर, २१ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।

आइतबार ९ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज ७ पुरुष र २ महिला गरी ९ जनाको मृत्यु भएको हो ।

उनका अनुसार मृत्यु हुनेहरूमा माेरङ र झापामा एक-एक महिला रहेका छन् भने काठमाडाैंका ३ पुरुष, माेरङ, पर्सा, धनुषा र चितवनका एक-एक पुरुष रहेका छन् ।

आज २९० महिला र ६९० पुरुष गरी थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशतले कोरोना जितेकाे छन् । पछिल्लो २४ घण्टामा थप १८ सय १४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...