आज ९८० संक्रमित थपिए

विराटनगर, २१ भदौ । नेपालमा आइतबार थप ९८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २९० महिला र ६९० पुरुष गरी थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ३८२ जनाको परीक्षणमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशतले कोरोना जितेकाे छन् । पछिल्लो २४ घण्टामा थप १८ सय १४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप ९ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २८९ पुगेकाे छ ।

Loading...