आइतबार थप १८ सय १४ जना कोरोना संक्रमित निको भए

विराटनगर, २१ भदौ । नेपालमा आइतबार थप १८ सय १४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १८ सय १४ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । कूल संक्रमितमध्ये ६३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज २९० महिला र ६९० पुरुष गरी थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

आज थप ९ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या २८९ पुगेकाे छ ।

Loading...