Rumpum Advertisement

नेशन्स लिग : जर्मनी र स्वीजरल्याण्ड भिड्दै, स्पेन र वेल्स पनि प्रतिस्पर्धामा

नेशन्स लिग : जर्मनी र स्वीजरल्याण्ड भिड्दै, स्पेन र वेल्स पनि प्रतिस्पर्धामा

एजेन्सी, २१ भदौ । यूईएफए नेशन्स लिगमा आज १० खेल हुँदैछन् । समूह चरणका खेलअन्तर्गत आज २० वटा राष्ट्रहरू प्रतिस्पर्धामा छन् ।

आज जर्मनी, स्वीजरल्याण्ड, स्पेन, वेल्स, सर्बिया र रसिया प्रतिस्पर्धामा छन् । जर्मनीले स्वीजरल्याण्डसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुँदैछ ।

समूह ‘डी’मा जर्मनी तेस्रो तथा स्वीजरल्याण्ड चौथो स्थानमा छ । यसअघि जर्मनीले पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको थियो भने स्वीजरल्याण्ड युक्रेनसँग पराजित भएको थियो ।

यसैगरी सोही समूहका युक्रेन र स्पेन पनि प्रतिस्पर्धामा छन् । यो खेल राति १२ः३० बजेबाट स्पेनको मैदानमा हुनेछ ।

यसैगरी वेल्सले बुल्गेरियासँग खेल्दैछ । यो खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे वेल्सको मैदानमा हुनेछ । समूह ‘ए’मा वेल्स शीर्ष स्थानमा छ भने बुल्गेरिया तेस्रो स्थानमा छ ।

आज हुने खेलहरूः

  • एन्डोरा भर्सेस फारोइ इस्ल्याण्ड– साँझ ६ः४५ बजे
  • वेल्स भर्सेस बुल्गेरिया– साँझ ६ः४५ बजे
  • आयरल्याण्ड भर्सेस फिनल्याण्ड– राति ९ः४५ बजे
  • स्लोभेनिया भर्सेस माल्डोभा– राति ९ः४५ बजे
  • हंगेरी भर्सेस रसिया–राति ९ः४५ बजे
  • माल्टा भर्सेस लाटभिया– राति १२ः३० बजे
  • कोसोभो भर्सेस ग्रीस– राति १२ः३० बजे
  • स्वीजरल्याण्ड भर्सेस जर्मनी– राति १२ः३० बजे
  • सर्बिया भर्सेस टर्की– राति १२ः३० बजे
  • स्पेन भर्सेस युक्रेन– राति १२ः३० बजे