सीपीएल : सन्दीपको टोली जमैका र सेन्ट लुसिया प्रतिस्पर्धामा

एजेन्सी, २१ भदौ । राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आज दसौं खेल खेल्दैछ ।

समूह चरणको अन्तिम खेलअन्तर्गत जमैकाले सेन्ट लुसिया जौक्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समयानुसार राति १२ बजेबाट ब्रायन लारा क्रिकेट स्टेडियममा हुनेछ ।

सेमिफाइनलमा स्थान बनाइसकेको जमैका यस खेलमा जित निकाल्ने दाउमा छ । अंक तालिकामा जमैका ७ अंकसहित चौंथो स्थानमा छ । सेन्ट लुसिया भने १० अंकसहित तेस्रो स्थानमा छ ।

यसअघि यी दुईबीचको पहिलो भेटमा जमैकाले सेन्ट लुसियामाथि ५ विकेटको जित निकालेको थियो ।

यस खेलमा सन्दीप प्लेइङ सेटमा पर्ने सम्भावना बलियो छ । किनकि उनले सन्दीपले ९ खेलमा ११ विकेट लिइसकेका छन् । उनले प्रत्येक खेलमा विकेट झारेका छन् ।

Loading...